विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा युकेजी पुरा गरेका विद्यार्थीहरुलाई दीक्षित गर्दै शैक्षिक विकासमा उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारी, असल अभिभावकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको अवसर पारेर विद्यालयका आया र सवारी चालकलाई समेत सम्मान गरिएको थियो भने विद्यालयमा आयोजना गरिएको अतिरिक्त क्रियापकलापमा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल अमृत राउतले बताउनुभयो । समयको आवश्यकताअनुसार संस्कारयुक्त गुणस्तरीय शिक्षाको अभियान जुरीचले शुरु गरेको उहाँले बताउनुभयो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,पत्रकार ,अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो ।
मन्टेश्वरी तालिम प्राप्त,दक्ष र अनुुभवी शिक्षकहरुको व्यवस्थापनकै कारण विद्यालय अभिभावकको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयको दावी छ । पठनपाठनका अतिरिक्त आगामी शैक्षिक वर्षबाट विद्यालयले ष्यक र बलमचयष्म बउउ मार्फत सम्पुर्ण कुराको जानकारी गराउने योजना विद्यालयको रहेको छ । नृत्य र योगा कक्षाका अतिरिक्त यो वर्षबाट कराँते तालिमका कक्षाहरु समेत विद्यालयले सञ्चालन गर्ने छ ।
वि.स. २०७४ सालबाट सञ्चालन गरिएको जुरिचमा पछिल्लो समय अभिभावक तथा विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयले जनाएको छ । ७ जना विद्यार्थीबाट शुरु गरिएको विद्यालयमा हाल ६६ जना विद्यार्थी रहेका छन भने आगामी दिनमा डेकियर सहित थप २ कक्षा सञ्चालन गर्ने योजना रहेको प्रिन्सिपल राउतको भनाइ छ ।
विद्यालयमा हाल प्ले ग्रुप,नर्सरी,एलकेजी र यूकेजीका कक्षाहरु सञ्चालनमा रहेका छन् ।