भ्रष्ट र स्वार्थको रंगमा रुमल्लीएको रास्वपा

जीवन शर्मा
५ साउन २०८१, शुक्रवार

काठमाडौं । परम्परागत राजनीतिक दलभन्दा फरक र नयाँ सोचको उद्घोषसहित गत निर्वाचन २०७९ मा ‘अनपेक्षित’ जनमत प्राप्त गर्दै संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भ्रष्ट र विवादीत छविमा रुमल्लीएको छ । सो दलका अधिकांश सांसद तथा नेताहरु भ्रष्ट र बिवादीत छविमा दर्ज भएका छन । डेढ वर्षमा दुई पटक सत्ता गठबनधनमा सामेल भएर विभिन्न मन्त्रालय चलाएका मन्त्री देखि उपसभामुख समेतले भ्रष्ट र स्वार्थको रंग देखाएका हुन ।

पछिल्लो पटक प्रतिनिधि सभाको उपसभामुख समेत रहेकी रास्वपाकी नेता इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषय गम्भीर रुपमा उठेको छ । २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई भाग लिनसँगै लेजाने प्रपञ्च मिलाउन आफ्नो लेटरप्याडमै दूतावासलाईै पत्र लेखेको तथ्या सार्वजनीक भएपछि राना चर्को दबाबमा परेकी छन् ।

त्यस्तै यस अघिको सरकारमा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री बनेका प्राय नेताहरु बिवादीत बने । त्यस्तै पछिल्लो चार महिना सरकारमा रहेका नेता समेत बिवादीतकै भूमरीमा रहदै बाहिरिए । दोहोरो नागरिकता र पासपोर्ट काण्डमा मुछिएका पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने डेढ वर्षमा तीन पटक गृहमन्त्री बने । पहिलो सरकारमा उपप्रधान तथा गृह मन्त्री बनेका लामिछानेले दोहोरो नागरिकता प्रकरणमा सांसद पद समेत गुमाएका थिए । त्यसपछि भएको उप निर्वाचनमा पुनः सांसद बनेका लामिछाने फेरि सरकारको सोही जिम्मेवाररीमा फर्किए । त्यसवेला उपप्रधान तथा गृहमा रवी लामिछाने, शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) र स्वास्थ्य राज्यमन्त्रीमा तोसमिा कार्की थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बदलेर कांगेससँगको सहकार्यमा सरकार बनाउन लागेपछि सरका छाड्न बाध्य भएका लामिछानेसहित रास्वपाका नेताहरु एक वर्षपछि पुनः प्रचण्ड–ओली गठबन्धसँगै सरकारमा सहभागी भएका थिए । पछिल्लो सरकारमा पनि उपप्रधान तथा गृहमा रवी लामिछाने, शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) र खेलकुद मन्त्रमिा विराजभक्त श्रेष्ठलाई पठाएको थियो । यी दुबै पटक भएका मन्त्री, उपसभामुख इन्दीरा रानासहित सरकार बाहिर रहेका नेताहरुसमेत कुनै न कुनै भ्रमको खेति गरेर व्यक्तिगत स्वार्थपूर्तिमै रुम्ललीएको देखिन्छ ।

स्वार्थ र विवादका श्रीङ्खला

उपसभामुख इन्दिरा राना
उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषयलाई लिएर उनि अहिले चर्चामा छन् । उनको सिफरिसमा परेकाहरुले अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो गरेपनि रास्वपामा यो विषयलाई गोप्य राख्दा राख्दै बाहिरिएपछि उपसभामुख राना पदीय जिम्मेवारीमा बस्ने की नबस्ने भन्ने दबावमा परेकी छन् । यसमा सभामुख देवराज घिमिरेले समेत गम्भरि रुपमा लिएको बताए ।

२०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई भाग लिनसँगै लेजाने प्रपञ्च मिलाउन आफ्नो लेटरप्याडमै दूतावासलाईै पत्र लेखेको तथ्या सार्वजनीक भएपछि राना चर्को दबाबमा परेकी हुन् । उनको पत्रबारे उच्च राजनीतिक नेतृत्वले समेत चासो देखाएका छन् । यसको छानविनका लागि तीन दिन अगाडिनै राज्य व्यवस्था तथा सुशासन समिति समेत उजुरी परिसकेको र यसबारे सभामुख तथा संसद्का महासचिवसँग छलफल गरेको समितिका सभापति रामहरि खतिवडाले बताए ।

-रवी लामिछाने

अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्यागेको तर पुनः प्राप्त गर्ने कानुनी प्रकृया पूरा नगरि पुरानै नागरिकता लिएर विवादमा मुछिएका रास्वपाका सभापति एवं उपप्रधानसहित गृह मन्त्री रवि लामिछाने सहकारी ठगीमा समेत मुछिएका छन् । सहकारी ठगी काण्ड मिलाउन प्रहरी अधिकृतहरुको जिम्मेवारी हेरफेर, प्रमुख जिल्ला अधिकारीहरुको सरुवादेखि सरकारी वकिल कार्यालयका महान्यायधिवक्ता समेतलाई क्लिनतिटको पत्र लेख्न लगाएर विवादमा फसाए । उनि माथि अझै सहकारी ठगी र दाहोरो पासपोर्टको मुद्दा अदालती प्रकृयामै छ ।

बहुबिवाहको झमेला समेत खेपिरहेका लामिछानेलाई पछिल्लो समय उनकै महामन्त्री (निलबीत) मुकुल ढकालले आत्महत्या दुरुत्साहन, समानुपाति सांसद बनाउँदाको पैसा लिएको, पार्टीका नाममा उठाएको रकम हिनामिना गरेको देखि धेरैको घरबार विगारेको समेत आरोप लगाएका छन् । ती आरोप पुष्टि हुने नहुने भविश्यले देखाउला । समानुपातिक सांसद ढाका कुमार श्रष्ठलाई अघिल्लो पटक मन्त्री बनाउन लामिछानेले पैसा मागेपछि मेडिकल व्यवसायि दुर्गा प्रसाईसँग ढाकाले ३ करोड मागेको अडियो टेप बाहिरिएको थियो । कोर टिमको कुरा बाहिर ल्याएको भन्दै लामिछानेले श्रेष्ठको समानुपातिक सांसद पद फिर्ता गर्दै पार्टीसदस्यबाट समेत कारबाही गरेका थिए ।

-डिपी अर्याल

म्यानपावर व्यवसायी हुदै श्रम मन्त्रालयको नेतृत्वमा पुगेका डोलप्रसाद (डिपी) अर्यालले सृष्टि अभोरसिज प्रालिका सञ्चालक समितिका सदस्य उक्त प्रालिको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर हुन् । इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक समेत रहेका समानुपातिक संसद् अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएसँगै बिवादीत कामलाई निरन्तरता दिएको सार्वजनीक भएको छ । दुई पटक मन्त्री हुदा विना मापदण्डका मेनपावर कम्पनीहरुलाई नविकरण र अनुमति दिएका उनले गत प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिनुपूर्व विदेश जाँदा श्रमिकले लिनुपर्ने अभिमुखीकरण कक्षा बापतको शुल्क चार गुणाले बढाउँदै खाडी मुलुक जान अंग्रेजी र सम्बन्धित देशको भाषा कक्षा र परीक्षा अनिवार्य गर्नेलगायत विवादास्पद निर्णय गरेका थिए । उक्त निर्णय नयाँ श्रम मन्त्री शरतसिंह भण्डारीले उल्ट्याईदिएका छन् ।

-सुमना श्रेष्ठ

निवर्तमा शिक्षा मन्त्री समेत रहीक रास्वपाकी सामानुपातिक सांसद सुमना श्रेष्ठ मन्त्री भइसकेपछि चरम विवादको भूमरिमा परिन । संसद देखि सरकार सम्म उनको क्रियाकलाप विवादरहित भएने । नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएकी सुमना विरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई लिएर राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको हो । सर्तकता केन्द्रका अनुसार श्रेष्ठले बैंक खाता खोल्दा आफू युरोपेली युनियन मातहतको देश पोल्यान्डको नागरिक भएको भनेर कागजात पेस गरेको उजुरी छ । पोल्ण्डको नागरिक नेपालको सांसद र मन्त्री कसरी भयो भन्ने विवादको विषय बनेको छ । यस अघि श्रेष्ठ मिनीस्कर्ट लगाएर संसदीय समितिको बैठकमा पुगेपछि संसदीय मर्यादा कुल्चीएको भनेर चौतर्फी आलोचना खेपेकी सुमनाले संसदमा समेत टिसर्ट र जिन्सको पहिरन लगाउनु अमर्यादित रुपमा देखिएपछि संसदमै यो विषय उठेको थियो ।

-शिशिर खनाल

यसअघि सार्वजनिक शिक्षा सुधारका अभियन्ताको परिचय बनाएका रास्वपाका नेता शिशिर खनाल शिक्षामन्त्री भएपछिको कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेर बिवादीत बनेका थिए । निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरूलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी संगठनले बिरोध जनाएका थिए । त्यसवेला विद्यार्थी संगठनहरुले शिक्षामन्त्री खनालको पुत्ला दहन समेत गरेका थिए ।

-तोषीमा कार्की

सार्वजनिक स्वास्थ्यसुधारकको अभियन्ताका रुपमा उदाएकी स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीका हरेक गतिविधि विवादमा परे । शपथपछि मन्त्रालयमा पदभार सम्हाल्न पुगेकी कार्कीले ‘प्रोटकल’ विपरीत फुल मन्त्रीले गरेको पहिलो निर्णयमा चासो राखेपछि उनि आलोचित भएको थिईन् । यस्तै, स्वास्थ्यमन्त्री पदम गिरीसँगै रिवन काटेर उद्घाटन गर्न पुगेकी कार्कीको उक्त कार्यको पनि सार्वजकि भर्तसना भएको थियो । त्यस्तै अस्पतालको संवेदनशील क्षेत्र मानिने आईसीयूभित्र क्यामरा र पत्रकार लिएर विना गाउन सरारस गएपछि उनको सार्वजनिकरुपमै व्यापक आलोचना भएको थियो ।