दोलखा भित्रिने मालवाहक सवारी साधनको आगमन सहज बनाउन प्रजिअलाई ज्ञापनपत्र
चरिकोट (दोलखा) — सिन्धुलीको खुर्कोट हुँदै दोलखा र रामेछाप आउने मालवाहक सवारी साधनलाई साँझ ६ बजेपछि मात्रै आवतजावत गर्न दिने नियमले व्यवसायी समस्यामा परेको भन्दै दोलखा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
खुर्कोटबाट काठमाडौँ जाने गाडीलाई बिहानैदेखि सहजीकरण गरिए पनि दोलखातर्फ आउने खाद्य सामग्री, औषधि, र निर्माण सामाग्री बोकेका सवारी साधनलाई रोक लगाउँदा आपूर्ति प्रभावित भएको संघले जनाएको छ।
संघका अध्यक्ष सनत थापाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा चाडपर्व नजिकिँदै गर्दा रातिको यात्राले दुर्घटनाको जोखिमसमेत बढाउने भएकाले सिन्धुली र रामेछाप प्रशासनसँग समन्वय गरी बिहानैदेखि आवतजावतको व्यवस्था मिलाइदिन माग गरिएको छ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस