काठमाडौ। अघिल्लो महिना सम्पन्न युरो–२०२० को फाइनलपछि इंग्लयाण्डका तिन जना खेलाडीहरुलाई सामाजिक सन्जाल मार्फत नस्लीय भेदभावजन्य टिप्पणी गर्ने ११ जनालाई लण्डन प्रहरीले पक्राउ गरेको छ ।
इंग्ल्याण्डका मार्कस राशफोर्ड, जाडोन सान्चो र बुकायो साकाले युरो–२०२० को फाइनलमा इटलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि सामाजिक सन्जालमा अत्याधिक रुपमा नस्लीय दुर्व्यवहारका सन्देशहरु पोष्ट भएका थिए ।
सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई दुरब्यहार गरेको भन्दै ६ सय भन्दा बढी निबे बेलायतको फुटबल पोलिसिङ युनिटमा परेको थियो ।
युरो फाइनलमा इटलीसँग पेनाल्टीमा पराजित भएपछि गोल गर्न नसक्ने तीन इंग्लिस खेलाडीमाथि रंगभेद भएको थियो । सामाजिक सन्जाल मार्फत १ सय २३ बटा दुरब्यवहार जन्य पोष्टमध्ये ३४ वटा बेलायतबाटै भएको थियो ।
सामाजिक सञ्जाल मार्फत दुरब्यहार गर्नेहरुले एकाउन्ट बन्द गरेपनि कारवाहीबाट उन्मुक्ति नपाउने बताइएको छ ।
यस घटनाको इंग्ल्याण्डको फुटबल एशोसियसन, इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेट र प्रधानमन्त्री बोरिस जोन्सनले भर्त्सना गर्दै निश्पक्ष छानविनको अपील गरेका थिए ।