काठमाडौं । अर्जेन्टिनी कप्तान तथा लोकप्रिय फुटबल खेलाडी लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा दुई बर्षको लागि अनुबन्धित हुने पक्का भएको छ ।
बार्सिलोनामा २१ बर्ष विताउनुभएका मेसीले बार्सिलोनाबाट बाहिरिए पछि दुई वर्षका लागि सम्झौता गर्न लाग्नुभएको हो ।
जहाँ मेसीले आफ्ना पूर्वटिममेट नेयमारसँगै खेल्नुहुने छ ।
प्रतिसिजन ३५ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सी र पीएसजी विच सम्झौता हुन लागेको हो । यसका लागि बुधबार सम्झौता हुने बताइएको छ ।
अर्जेन्टिनी कप्तान मेसीले पीएसजी संग आधिकारिक सम्झौता गर्ने भएपछि पीएसजीका समर्थकहरुले खुसी मनाएका छन ।