काठमाडौं । माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकताको सम्भावना समाप्त भएकोले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको घोषणा गर्नुभयो ।
नेपालले आन्तरिक बैठकमा आफूसहित १४ सांसदलाई पद मुक्त गर्न पत्र पठाइसकेकोले एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको पनि प्रयास विफल भएको बताउनुभयो ।
‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने नेपालको भनाई थियो । उहाँले अहिले नयाँ दल दर्ता गरे अघि बढ्ने र ओली सुध्रिएर आएको अवस्थामा एकता वा चुनावमा सिट बाँडेर लड्न सकिने बताउनुभयो ।