ईलाम । इलाम रोङ गाऊपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउसो घास काट्ने मेसिन जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै पुरानो घरमा घाँस काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको स्वीटर वेरिएपछि स्वीटर निकाल्ने क्रममा करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएपछि उपचारको लागि अस्पताल लाने तयारी गर्दैगर्दा घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।