काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफुलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले आफुलाइृ समापत पार्ने षड्यन्त्र भइरहेकोले यसको सामना गर्ने बताउनुभएको हो ।
उहाँले अझै पनि आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने बताउनुभयो ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले विचार र धारण परिवर्तन गरे ओलीका लागि आफ्नो पार्टीमा ठाँउ भएको बताउनुभयो । एमाले अध्यक्ष ओलीले विचार र धारणा परिवर्तन गरे ओलीका लागि ढोका खुला रहेको बताउनुभएको हो ।