मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय रोहितको मृत्यु

काठमाडौ । मोटरसाइकल दुर्घटनामा परी एक युवकको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– ६ मटियारीस्थित सडकखण्डमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा सोही ठाउँका १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटनामा परी घाइते भएका धनगढी उपमहानगरपालिका–६ कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का मिलेन्द्रसिंह राना घाइते भई उपचार भइरहेको बताइएको छ ।

Back to top button