घर भित्र मस्त निधाएका राजवंशीको बिहान थिएन प्राण, बाकि सदस्य…

काठमाडौ । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान १ः५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए ।

आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन् । आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

Back to top button