भगवान गणेशले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल

मेषः– मनमा शान्ति मिल्ने छैन । देख्दा साना तर गर्दा जटिल बन्दै जानेछन् । लगानीका क्षेत्रबाट हात झिक्नु पर्ने अवस्था आउन सक्छ । अस्थिरता बढ्ने देखिन्छ । पारिवारिक उत्तरदायित्व वहन गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्य कमजोर बन्नेछ ।

वृषः– समयको सदुपयोग गर्नु होला । आर्थिक उन्नतिका सम्भावना अझै देखिन्छ । भाई बन्धु श्रीमति तथा सन्तानबाट सुख शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लगाईनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मुद्धामा जित हुनेछ । मध्यान्ह पछि समय कमजोर देखिन्छ । ऋण लगानी नगर्नु होला । काममा ढिला नगर्नु होला ।

मिथुनः–आम्दानीका मार्ग कमजोर देखिन्छ । संचित धनमा ह्रास आउन सक्छ । अरुको भर नपर्नु होला,सहयोग गर्ने भन्द खुट्टो तान्ने बढि हुनेछन् । मध्यान्ह पछि समयमा सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । इष्टमित्रबाट भने खासै सहयोग पाईने छैन ।

कर्कटः– पूर्वाद्ध भन्दा उत्तराद्र्ध कमजोर देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । लगनशिलता बढाउनु पर्ने देखिन्छ । साझेदारीमा हात नहाल्नु होला, लापर्वाहिले आफैलाई नोक्सान पु¥याउनेछ । लाभका काममा भन्दा मनोरञ्जन बढि हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

सिंहः– प्रातकाल पश्चताप पूर्ण रहला । श्रमको मुल्य लिन सकिने छैन । सहयोग गर्दा उल्टो दोष पाईनेछ । आफन्तमा झै–झगडा पर्न सक्छ । व्यय मार्ग बढि खुल्ला देखिन्छ । आशाहरु निरासामा परिणत हुनसक्छन् । जोखिम मोलेर कुनै काम नगर्नु होला । मध्यान्ह देखि समयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापार बढ्नेछ ।

कन्याः– समयमा गरेका काम सम्पन्न हुनेछन् । ढिलो गरेमा प्राप्त उपलब्धि गुम्ने छन् । विशेष गरेर मध्यान्ह पछिको समय प्रतिकुल देखिन्छ । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । आफन्तको सहयोगमा कमी आउनेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । कमाएको धनलाई वचाउन भने गाह्रो हुनेछ ।

तुलाः– दिन अनुकुल नै देखिन्छ । विचलित नभई काम गर्नु होला अवस्य गन्तव्यमा पुग्न सक्नु हुनेछ । अरुको भर नपर्नु होला आफैले बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछन् । ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । व्यापार बढ्नेछ ।

वृश्चिकः– पूर्वाद्ध कमसल भए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ । गतिरोध हट्नेछ भने कामले विस्तारै गति लिनेछ । भाग्यले साथ दिनेछ । प्रेरणादायक काम बन्ने छन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ । आफन्तको सहयोग मिल्नेछ ।

धनुः– गलत व्यक्ति सहयोगी रुप धारण गरेर आउन सक्छन् सतर्क भएर काम गर्नु होला । कुनै पनि काम गर्दा मनलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक कमजोरी बढ्नेछ । लेनदेन कारोवारमा समस्या आउने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । संचित धनमा ह्रास आउनेछ ।

मकरः– कुनै निर्णय लिनु छ भने प्रातःकालमा लिनु होला । मध्यान्ह पछि समयले कम साथ दिनेछ । जीवन साथिको सहयोगको महत्वपूर्ण भूमिका हुनेछ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । विवादित काममा हात नहाल्नु होला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्न सक्छ ।

कुम्भः– सफलताका सिढि चढ्न संघर्ष गर्नु पर्नेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । परिश्रम पूर्वक गोपनियता अप्नाई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । मध्यान्ह पछि समय थोरै सहज हुने देखिन्छ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

मिनः– समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । आर्थिक कारण काममा ढिला सुस्ति हुनेछ । लगानी मैत्री बातावरण देखिदैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । स्पष्ट कार्य दिशा तय गर्न नसक्दा उपलब्धि कम हात लाग्नेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । भ्रम उत्पन्न हुनसक्छ त्यसलाई निराकरण गर्नु होला नत्र पछि अप्ठ्यारो पर्नेछ ।

Back to top button