जेसिबीले पल्टाएको ढुङ्गाले लागेर प्यूठानमा २२ वर्षीय माधवी मृत्यु

प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो । रा१क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको जनाइएको छ ।

Back to top button