भागरथी भट्टको हत्या : बटुवा खोज्दै प्रहरी

काठमाडौ । बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको टोली घटनास्थलमै छ । तर, हत्याको सुराक नलाग्दा प्रहरी हैरान भएको छ ।

बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो । अनुसन्धानका लागि प्रहरीले १० वटाभन्दा बढी टोली गाउँगाउँ परिचालन गरेको छ ।

दोगडा केदार गाउँपालिकाको केन्द्र रहेको खोचलेकदेखि मृतक बालिकाको घर जाने सडकमा त्यस दिन क–कसले यात्रा गरेका थिए त रु यही कुरा पत्ता लगाउन प्रहरी बढी खटिरहेको छ । प्रहरीले खोलचेक बजारदेखि केहीमाथि सिल्ल भन्ने स्थानसम्म भागरथी आएको भनेर देख्ने मान्छे पत्ता लगाइसकेको छ । ‘उनले चाउचाउ खाँदै बसिरहेकी देख्ने मान्छे फेला परेका छन्,’ मृतकका आफन्त शिवराज भट्टले भने ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

केही दिनपहिले मृतकको कपाल बाँध्ने रबर सर्टको बटन आदि भेटिएका थिए । मोबाइल लोकेसनको आधारमा उनको हत्या शव भेटिएकै आसपासमा भएको प्रहरीले अनुमान लगाएको छ ।

Back to top button