बाल कुमारश्रेष्ठ र सीताश्रेष्ठले छोरी जन्मेपछि पहिलो पटक सार्वजानिक गरे नयाँ गित ‘नाम्चे बजार’

काठमाडौँ , लोकदोहोरी क्षेत्रमा एक दशकदेखी सुमधुर आवाज मार्फत सांगीतिकबजारमा संघर्ष गरिरहेका गायक बाल कुमार श्रेष्ठको नयाँ गित ‘नाम्चे बजार सार्वजानिक भएको छ । दर्जनौ चर्चित लोक दोहोरी गितमा स्वर दिएका श्रेष्ठको यसअघि ‘सिलौटो , फुलमती ,विधाता ,बिहे सम्भव छैन ,आत्महत्या,जन्मभूमि ओखलढुंगा,फूलको थुँगामा,निन्द्राको औषधि , हाउ लुङ्गा , ओखलढुंगेलि, काचको कचौरा, लगाएत गित हिट भएपछि बाल कुमार श्रेष्ठले ‘नाम्चे बजार’ एल्बम बजारमा ल्याएका हुन् । बाल कुमार श्रेष्ठको आफ्नै अफिसियल यूटुब च्यानल मार्फत गितको अडियो र भिडियो सार्वजानिक भएको छ । सार्वजानिक भएको छोटो समयमै गित सर्वत्र चासो र चर्चाको रुपमा हेर्न थालिएको छ ।

उक्त गितमा चर्चित गायिका सीता श्रेष्ठ, पुर्ण विक र सरिता श्रेष्ठको स्वर रहेको छ । निर्मल श्रेष्ठको शव्द संकलन र खेम पुनको मौलिक भाका र कमल सौरागको संगीत संयोजनमा गित बजारमा आएको हो ।
यो गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् ।

भिडियोलाई रोधी बसाईको झल्को दिने गरि प्रस्तुत गरिएको छ । यो गीतमा सरिस्मा राम्जालीमगर , दिनेश थापा ,रोशन बुढाथोकी प्रतिज्ञा भण्डारी ,बसन्ती वली र कल्याण राना को अभिनय रहेको छ । राजेश घिमिरेले खिचेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । उक्त गितको म्युजिक भिडियो हेर्नुहोस्…

Back to top button