
तामाकोसी समाचारदाता
दोलखा। जिल्लाको तामाकोसी गाउँपालिकामा रहेको प्रगतिशील सहकारी चोरी भएको १ महिना हुदा पनि अझै चोर पत्ता लागेको छैन ।
गाउँपालिका -६ च्यामामा रहेको सो सहकारीबाट गत माघको २३ गते राती १३ लाख १४ हजार चोरी भएको थियो। चोरी पत्ता लगाउन प्रशासनमा उजुरी हालेको सोहि सहकारीका ब्यवस्थापक देबि प्रसाद फुयालले बताए । सेप फुटाएर राती २ बजे चोरी भएको फुयालले वताए ।सहकारीमा सिसि क्यामेरा जडान भए पनि हात मात्र देखाएका कारण चोर चिन्न नसकिएको उनले बताए। सहकारी चोरी भएपछि करिब ४ सय भन्दा बढी शेयर सदस्यले विशेष साधारण सभा माग गर्दै हस्ताक्षर गरेर निवेदन दिएका थिए।सहकारी केही दिन भित्रै बृहत सदस्यहरुको भेला गर्ने तयारी गरेको सहकारीले जनाएको छ।
गाउँघरका स्थानीयहरुले फलफूल तरकारी बेचेर सानो सानो रकम जम्मा गर्ने सकारिमा लाखौं रकम हराउन थालेपछि स्थानीयहरुको बिश्वास घट्न थालेको छ।