सहकारी संघ दोलखा द्वारा नेपाल प्रहरि र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री बितरण

दोलखा । जिल्ला सहकारी संघ दोलखाले नेपाल प्रहरि र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ।
संघले नेपाल प्रहरीलाई ३३ सय पिस माक्स र सेनिटाइजर ४ सय पन्जा र पत्रकार महासंघलाई २ सय पिस माक्स ५ सेट पिपिइ , सेनिटाइजर, १ सय पिस पन्जा लगायतका स्वास्थ्य सामाग्री बितरण गरेको हो।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सहकारि संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सन्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री बितरण गरिएको बताए । आबश्यक परे सुरक्षाकर्मी र सन्चारकर्मीलाई थप सहयोग गर्न सहकारी संघ तयार रहेको अध्यक्ष चौलागाईंले बताए।
सामाग्री बुझ्दै दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले सहकारी संघलाई धन्यवाद दिएका थिए।
त्यस्तै नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशङकर चौलागाईंले सहकारीले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा संघलाई धन्यवाद दिदै खुसी व्यक्त गरेका थिए।

Back to top button