
काठमाडौं । अक्सिजन सिलिण्डर र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गरेको छ ।
वायुसेवा निगमको ए ३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाजले २० हजार थानमध्ये ४सय थान अक्सिजन सिलिण्डर, १ सय ६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताउनुभयो ।