
काठमाडौं । परराष्ट्र मन्त्रालयले ११ वटा मित्रराष्ट्रमा खटाउन राजदूत नियुक्तिको सिफारिस गरेको छ। अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। प्रस्तावित नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइएको छ ।
राजदूत बनाउन परराष्ट्रले सिफारिस गरेका नामहरु
क्र.सं. नाम देश
१. सुम्निमा तुलाधर अष्ट्रेलिया
२. कृष्णचन्द्र शर्मा दक्षिण कोरिया
३. सुमित्रा सुवेदी डेनमार्क
४. जंगवहादुर चौहान रूस
५. मेराज मुसलमान साउदी अरेबिया
६. युवराज कार्की बहराइन
७. रमेशचन्द्र पौडेल श्रीलंका
८. निर्मलराज काफ्ले अष्ट्रिया
९. कुलप्रसाद नेपाल ब्राजिल
१०. जीवनप्रकाश श्रेष्ठ इजिप्ट
११. नारायणप्रसाद संग्रौला बर्मा