
सुनसरी । इटहरी उपमहानगरपालिका ३ स्थित सुनौल टोलभरि कोरोना संक्रमण फैलिएको छ ।
सुनौलो टोलका २५ जना बिरामी भएको खबर आएपछि उपमहानगर उपप्रमुख लक्ष्मि गौतले स्वास्थ्यकर्मीको समूह लिएर पुगेकी थिइन् ।
सुनौलो टोलका ९ जनाको एण्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनु भयो ।
गौतमले अहिले सुनौलो टोल सिल गरेर संक्रमितको उपचारका साथै अन्य विषयमा छलफल गरिरहेको बताउनु भयो ।