दुर्घटना एक जनाको मृत्यु

झापा । कमल गाउँपालिका ३ सानो केर्खामा बिहीबार राती भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १ का ६२ वर्षीय साने दर्जीको मृत्यु भएको हो ।

प्रदेश३–०१–०२४च ४५३५ नंम्बरको स्कारपियोले पैदल यात्री दर्जीलाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

Back to top button