लागूऔषधसहित दुई जना पक्राउ

झापा । गौरीगंज गाउँपालिका २ लालमाटीबाट प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । स्थानीय २५ वर्षीय लोकेन्द्र खड्का र २४ वर्षीय कमल दाहाललाई पक्राउ गरेको हो ।

तरकारी बोकेको झोलाभित्र लुकाएर ल्याउँदै गरेको लागूऔषध ल्याबोरेट कोहीनफस्पेट १२ बोतल, विनस्पास्मो २८ ट्याब्लेट र निटराभेट ३० ट्याब्लेट बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button