सुनसरीमा थप एक साता निषेधाज्ञा

सुनसरी । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले थप एक साता निषेधाज्ञा लगाउनु भएको छ । आजमध्य रातीदेखि जेठ २२ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

प्रजिअ ढकालले यसअअघिको प्रावधानका साथै कोभिड १० सम्बन्धमा व्यवस्था गर्न विधेयकमा भएको व्यवस्थासमेत निषेधाज्ञा अवधीभरि लागु हुने बताउनु भयो । निषेधाज्ञा कार्यान्वयनमा अवरोध गर्नेलाई एक वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई अध्यादेशले दिएको छ ।

सुरक्षाकर्मीले मास्क नलगाउनेलाई एक सय र निषेधाज्ञा उलंघन गरी हिड्नेलाई दुई सय रुपैयाँ जरिवाना गर्ने अध्यादेशमा व्यवस्था छ । निषेधाज्ञा उलंघन गरी सवारीसाधन चलाएको पाइए दुई पांग्रेलाई दुई हजार र अन्यको हकमा पाँच हजार जरिवाना गर्न सक्ने अध्यादेशमा उल्लेख छ ।

प्रजिअ पौडेलले निषेधाज्ञा अवधभिरि अध्इादेशमा भएको व्यवस्था पूर्ण रुपमा लागु गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

Back to top button