विषालु रक्सि सेवनले भारतको उत्तरप्रदेशमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म ५१ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ ।

तीन दिन अघि शुक्रबार अलिगढमा विषालु रक्सीका कारण केही व्यक्तिको मृत्यु भएको थियो । त्यसयता मृतकको संख्या बढ्दै ५१ जना पुगेको अलिगढ जिल्ला अस्पताललाई उदृत गर्दै बिबिसीले जनाएको छ । अस्पतालका अनुशार विषालु रक्सि सेवनको आशंकामा ६२ वटा शवको पोष्टमार्टम गर्दा ५१ जनामा मृत्युको कारण विषालु रक्सी देखिएको हो ।

सरकारी अधिकारीहरुले भने अहिलेसम्म २५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । अझै धेरै व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार जना अधिकारी निलम्बनमा परेका छन् ।

Back to top button