चीनको लक्ष्य सन् २०२१ मा १ अर्ब डोज खोप निर्यात

विराटनगर । चीनले सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब डोज कोरोनाविरुद्धको खोप विदेश निर्यात गर्ने लक्ष्य लिएको छ । यस वर्षको ५ महिनामा ३५० मिलियन डोज निर्यात गरिसकेको अन्तर्राष्ट्रि समाचार संस्थाहरुले जनाएको छ ।

चीनमा उत्पादिन सिनोफार्म र सिनोभ्याक खोपले मात्रै विश्व स्वास्थ्य संगठनबाट आपतकालिन प्रयोगको अनुमति पाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार चीनको कानसिनो र वुहान इन्स्टिच्युटले विकास गरेका थप दुई वटा खोप विश्व स्वास्थ्य संगठनबाट आपतकालिन प्रयोग अनुमतिको पर्खाइमा छ ।

यी दुई वटा खोपले अनुमति पाएसँगै विदेश निर्यात २ सय प्रतिशतले वृद्धि हुने चिनियाँ अधिकारीको भनाई छ ।

Back to top button