करेन्ट लागेर मृत्यु

झापा । कचनकवल गाउँपालिका ६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय डोलु आलम मियाँको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय श्याम भेटवालको घरमा धान काट्न आएको बेला ट्युवेलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते मियाँलाई उपचारका लागि लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button