चीनले दियो बालबालिकालाई पनि कोभिड विरुद्धको खोप लगाउन आपतकालिन अनुमति

चीनले ३ वर्षमाथिका बालबालिकालाई पनि लगाउन कोभिडविरुद्धको खोपलाई आपत्कालीन अनुमति दिएको छ। चीनको स्वास्थ्य विभागले सिनोभ्याक्य बायोटेकले निर्माण गरेको खोपलाई आपत्कालीन अनुमति प्रदान गरेको हो ।

यसअघि १८ वर्षभन्दा माथिकालाई मात्र खोप लगाउन अनुमति प्राप्त थियो । हाल सिंगापुर हङकङ र अमेरिकामा १२ वर्ष माथिकालाई खोप लगाउन सुरु गरिएको छ।

सिनोभ्याकका सिइयो यिन वाईदोङले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको दाबी गर्नुभएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Back to top button