चोरीको खसीसहित एक जना पक्राउ

विराटनगर । सुन्दरहरैचा नगरपालिकामा चोरी गरेको दुई वटा खसीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका ७ का २७ वर्षीय डम्मर कटुबाललाई पक्राउ गरेको हो ।

सुन्दरहरैंचा ३ गछियाका जीवन खड्काको बाख्रा खेरबाट ३० किलोको सेतो रंगको र १८ किलोको कालो पेटारे रंगको दुई वटा खसी चोरी भएको थियो ।

उक्त घट्नाको अनुसन्धान गर्ने क्रममा हिजो सुन्दरहरैंचा ८ स्थित पेट्रोल पम्पको उत्तरतर्फको बाटोमा दुबै खसी डोर्‍याउँदै लग्दै गरेको अबस्थामा कटुबाललाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

कटुबालमाथि चोरी मुद्दा दर्ता गरेर मोरङ प्रहरीले थप अनुसन्धान थालेको छ ।

Back to top button