
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप पर्सिदेखि चाहिने जति आउने बताउनु भएको छ । उहाँले पार्टी बैठकमा चाहिने जति खोप आउने भएकाले अब खोपको समस्या नहुने बताउनु भएको हो ।
केही पार्टीका नेताहरुले अहिले खोप नदिन खोप उत्पादक देशहरु कहाँ लविङ गरिरहेकोले खोप आउन केही ढिलाइ भएको तर अब खोपको कुनै समस्या नहुने उहाँले बताउनुभयो ।