खाल्डोमा डुबेर बालकको मृत्यु

सुनसरी । कोशी गाउँपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । कोशी गाउँपालिका ५ का अजल मियाँको ९ वर्षीय छोरा ईर्फान मियाँको मृत्यु भएको हो ।

घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा अचानक डुबेर घाईते भएका इर्फानको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Back to top button