करेन्ट लागेर किसानको मृत्यु

झापा । मेचीनगर नगरपालिका ३ सिर्जना बस्तीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको हो ।

हाईटेन्सन लाइनमा तार जोडेर गंगटे खोल्सामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button