जलेर चार वर्षीया बालिकाको मृत्यु

ओखलढुंगा । ओखलढुंगा मानेभञ्ज्याङ ६ मा आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल ५ की समिता राई खड्काकी ४ वर्षीया छोरी धनकुमारी खड्काको मृत्यु भएको हो ।

मानेभञ्ज्याङ ६ स्थित मामा घर आएकी खड्काले हातमा लाइटर लिई खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्रा जलेर मृत्यु भएको छ ।

Back to top button