रुख ढलेर किच्दा एक महिलाको मृत्यु, तीन जना घाइते

विराटनगर । उदयपुर जिल्ला स्थित उदयपुरगढी गाऊपालिका ७ अधेरीमा रुखले किचेर एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

अधेरीमा रोकिराखेको प्र२—०१—००१ह०५६० टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पु भित्र बस्नुभएकी कटारी नगरपालिका ४ कि ३८ बर्षीया निशा दनुवारको मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाईते भएका छन् ।

शनिवार दिउसो ३ बजे श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी अधेरी झरना घुम्न गएकी निशा टेम्पोमा गएर बसेको बेला रुख ढलेर टेम्पुलाई किच्दा उहाँको घटनास्थलमानै मृत्यु भएको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

रुखले लागेर टेम्पु नजिकै रहेका कटारी ४ की २७ बर्षीया मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ बर्षीय कुमार तामाङ र मृतककै श्रीमान श्याम घाईते हुनुभएको हो ।

घाईते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Back to top button