भिरबाट लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाऊपालिका ३ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

भोजपुर नगरपालीका २ घर भई मकालु गाउपालिकामा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनामा मजदुरी गर्दै आएका ५२ बर्षीय खड्ग बहादुर गुरुङको मृत्यु भएको हो ।

हिजो बेलुका भिरबाट लडेका उनको ६०/७० मिटर तल विहान शब फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Back to top button