बाग्मती प्रदेशको युबा परिषद सदस्यमा श्यामसुन्दर शिवाकोटी

दोलखा । बाग्मती प्रदेशको युबा परिषद सदस्यमा श्यामसुन्दर शिवाकोटी मनोनीत भएका छन।
बुधबार बसेको सामाजिक बिकास मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट शिवाकोटि सदस्यमा मनोनीत भएका हुन ।
मन्त्रालयले शिवाकोटीलाई ४ बर्षका लागि परिषद सदस्यमा मनोनयन गर्दै हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।
दोलखाको कालिन्चोक गाउँपालिका ३ घर भएका शिवाकोटी सदरमुकाम चरिकोटमा विभिन्न ब्यवसाय सन्चालन गर्दै आएका छन। जिल्लाका सफल ब्यवसायिका रुपमा परिचीत शिवाकोटी राजनीतिमा पनि क्रियाशिल छन।

 

Back to top button