तालिबानले अफगानिस्तान कब्जा गर्दै

काठमाडौं । अफ्गानिस्ताका बिभिन्न सहर विद्रोही तालिबानी समूहले धमाधम कब्जा गरिरहेको छ । तालिबानीले अफगानिस्तानको ठूलो सहर कान्धार कब्जा गरी त्यहाँका जेलमा रहेका राजनीतिक कैदीबन्दीलाई मुक्त गरेको भिडियो सार्बजनिक गरेको हो ।

तालिबानीले अफगानिस्तानका ३४ प्रान्तीय राजधानीमध्ये ११ वटा कब्जा गरी अब देशको राजधानी काबुल कब्जा गर्ने योजना बनाइरहेको छ । तालिबानीले काबुल कब्जा गर्ने योजना बनाएपछि अमेरिकी सरकारले अफगानिस्तानस्थित आफ्ना नागरिक ल्याउन तीन सय सैनिक पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको हो ।

Back to top button