सञ्चार क्लबमा भट्टराई

उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संगठनका रुपमा रहेको सञ्चार क्लव उर्लाबारीको आज सम्पन्न १८ औं साधारणसभाले नवराज भट्टराईको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

उपाध्यक्षमा कुमार खड्का, महासचिवमा विजय धिमाल ,सचिवमा ज्योती चौहान र कोषाध्यक्ष पुजन दास निर्वाचित भएको हो । यस्तै सदस्यमा संगिता राई , सनम रोक्का निर्वाचित हुनु भएको छ । ईश्वर दुलाल , अनिल चौहान, लेखा समिति संयोजकमा तिलक नेपाली, सदस्यमा खड्ग वेदना र विबेक न्यौपाने मनोनित हुनुभएको हो ।

Back to top button