करेन्ट लागेर मजदुरको मृत्यु

इटहरी। सुनसरी ईटहरी १७मा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।

इटहरी लबिपुर स्थित अंकित बडि ग्यारेजमा ताप्लेजुङ मेरिङ्डा गाऊपालिका ४ घर भई हाल सोही ग्यारेजमा मजदुरको रुपमा काम गर्दै आएका ४० बर्षीय राम कुमार लिम्बुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएपछि लिम्बुलाई उपचारका लागि एपेक्स अस्पताल ईटहरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको विषयमा ईलाका प्रहरी कार्यालय पकलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Back to top button