विराटनगरमा छात्राहरुलाई आत्मरक्षा तालिम

विराटनगर । जनपथ मावि विराटनगरका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रतिरक्षा तालिम दिइएको छ । सोमबार विद्यालय परिसरमा लायन्स क्लब अफ विराटनगर पाथीभरा र रेड फाउण्डेसनले एक कार्यक्रमका विच ३० छात्राहरुलाई सो तालिम दिइएको हो ।
तालिममा छात्राहरुलाई आत्मरक्षा गर्नुका साथै महिला हिंसा न्युनिकरण गर्ने उदेश्यले तालिम दिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै क्लबकी अध्यक्ष दीपीका कोइरालाले यस्ता खालका कार्यक्रम बर्ष भरि नै गर्ने योजना बनाए पनि कोभिडका कारण गर्न नसकिएको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक गर्भनर रेबतबहादुर कार्कीले राम्रो कामको थालनी भएको भन्दै किशोरीहरुको आत्मा बल बढ्ने बताउनु भयो ।

त्यसैगरी कायक्रममा बोल्दै लायन्स क्लबका पूर्व गभर्नर लीला ढुंगेलले कोरोनाका बाबजुत पनि सबधानी अपनाएर यस्तो कार्य गर्नु प्रशंनीय भएको बताउनु भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले महिला हिंसा न्युनिकरणका लागि तालिम प्रभावकारी भएको बताउनु भयो ।
भन्दै आयोजकलाई धन्यवाद दिए ।

विराटनगर महानगर पलिकका वडा न.११ का वडा अध्यक्ष तिर्थेद्र न्यौपानेले यस्ता किसिमका तालिमले महिला तथा बालबालिकालाई आत्मा सम्मान बृद्धि गर्न थप बल पुग्ने बताउनु भयो।

कार्यक्रममा लायन्सका एरिया इम्प्याक्ट चिफ मीना ढुंगेल, रिजनल चेयर पर्सन अनुजा कोइराला, जोन चेयर पर्सन रक्तिम जोशी, विद्यालयका प्रधानाध्याक हरि पराजुली लगायतको सहभागी रहेको थियो । तालिमका प्रशिक्षण विवेक थापा, क्षितिज कोइराला र साहिल गिरी रहुनु भएको छ ।

Back to top button