रियल मड्रिड ला लिगाको शिर्षस्थानमा

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसमाथि १–० को जित निकालेसँगै ला लिगाको शीर्षस्थानमा उक्लेको छ । रियल बेटिसको घरेलु मैदानमा मड्रिडका डयानी कार्भाजलले गोल गरी ३ अकं जोड्दै ७ अंकसहित शिर्षस्थान बनाएको हो ।

करिम बेन्जेमाले ५४औं मिनेटमा गरेको गोलले मान्यता नपाएको ७ मिनेट नबित्दै ६१औं मिनेटमा ड्यानीले गरेको गोल मड्रिडका लागि बरदान सावित भयो । खेलको पहिलो हाफ र ड्यानीको गोलपछिको खेल निकै रामाञ्चक बनेको थियो ।

Back to top button