पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै गौतमद्धारा एमालेबाट राजीनामा

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।

शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामापत्र बुझाउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष सहित पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै गौतमले राजीनामा दिएको उहाँका स्वकिय सचिव दीपक टमाटाले बताउनुभयो । नेता गौतमले यसअघि नै एमाले विभाजित भएपछि केपी ओलीसँगै पार्टीमा रहन नसक्ने प्रतिक्रिया दिदै आउनु भएको थियो ।

Back to top button