विराटनगरमा एक जना युवा मृत फेला

विराटनगर । विराटनगरमा एक जना युवा मृत अवस्थामा फेला परेका छन् । अन्दाजि ४० वर्ष उमेरका युवा आज विहान मृत अवस्थामा फेला परेका हुन् । विराटनगर – १३ डिएभी स्कुल छेउमा युवा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

मृतक युवाको पहिचान खुलिनसकेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्टका आएपछि मात्रै थप खुल्ने जनाएको छ । मृतक माग्दै हिड्ने रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपि प्रबक्ता दिपक श्रेष्ठले बताउनुभयो ।  शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको  छ ।

Back to top button