मिलिजुली कालिञ्चोक साकोसको २८ औं बार्षिक साधारण सभाका कार्यक्रमहरु उद्घाटन

ईश्वर न्यौपाने
दोलखा ।  जिल्लाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभाका कार्यक्रमहरु उद्घाटन गरेको छ । सोमबार संस्थाको अध्यक्ष श्री नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा तथा जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाई को प्रमुख आतित्थ्यतामा साधारणसभा कार्यक्रमहरु उद्घाटन गरेको हो।

उद्घाटन कार्यक्रमलाई जिल्लामा अवस्थित भीमेश्वर एफ.एम., हाम्रो रेडियो, जिरी एफ.एम., कालिञचोक एफ.एम. र शैलुङ्ग एफ.एम. तथा संस्थाको फेसबुक पेजबाट लाईभ प्रसारण गरीएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्री रामदाश श्रेष्ठ र प्रमुख अतिथि हेमन्त चौलागाईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । शुभकामना मन्तब्यको क्रममा संस्थापक अध्यक्ष श्रेष्ठले संस्थाको गर्विलो ईतिहाँस सुनाउदै संस्थाले गरेको सदस्य सेवाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौलागाईंले सहकार्य नै सहकारी संस्थाहरुको गहना भएको कुरामा जोड दिदै संस्थामा भएको ब्यवसायिक मानव संशाधन, सदस्य राहात कार्यक्रम, जेष्ठ शेयर सदस्य भत्ता कार्यक्रम, प्रविधि तथा मुस्कान सहितको वित्तिय सेवा प्रवाह, सबै सहकारी संस्थाले अनुसरण गर्नु पर्ने नेतृत्व पुर्व तालीम कार्यक्रम, शेयर सदस्य बिमा कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, सुत्केरी सहयोग कार्यक्रम अतिनै राम्रो भएकोमा सहकारीको प्रसंशा गरेका थिए । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७७/०७८ को कार्य प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७८/०७९ को प्रस्तावित कार्यक्रम संस्थाका सचिव श्री ठाकुर प्रसाद पाठकले र संस्थाको आर्थिक बर्ष २०७७/०७८ को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७८/०७९ को प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष श्री मनोज कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । यसै गरी संस्थाको लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक कृष्ण बहादुर गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने संस्थाकी उपाध्यक्ष श्री सरुणा बस्नेत (श्रेष्ठ) ले सबैलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेकि थिइन ।
संस्थाको आर्थिक बर्ष २०७७/०७८ सम्ममा कुल शेयर सदस्य २२,८८२ कुल बाल बचतकर्ता ८,८०४ गरी जम्मा ३१,६८६ जना बचतकर्ताहरु पुग्नु भएको जानकारी संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटाले जानकारी दिए। आर्थिक बर्ष २०७७/०७८ मा संस्थाको कुल पूँजी रु. १,२१,९७,१९,६२४।– पुगेको छ । संस्थाले संघिय सहकारी ऐन २०७४ को परिच्छेद १२ दफा ७४ बमोजीम नेपाल एकाउन्टीङ्ग स्टयाण्डर्डले तोकेको र आईक्यानले लागु गरेको एनएफआरएस् बिधि बाट आर्थिक बर्ष २०७७/०७८ को लेखा परीक्षण गराएको संस्थाले जनाएको छ।

Back to top button