जिल्ला कमिटी सदस्यमा युवा नेता श्यामसुन्दर शिवाकोटिको उम्मेदवारी

दोलखा। नेकपा एमालेका युवा नेता श्यामसुन्दर शिवाकोटीले आसन्न अधिबेशनमा जिल्ला कमिटि सदस्य उम्मेदवारी दिएका छन।

लोकप्रिय नेताका रुपमा परिचीत शिवाकोटले जिल्ला अधिबेशनमा सदस्य (कालिन्चोक गाउँपालिका ) पदमा उम्मेदवारी दिएका हुन।
अनेरास्ववियु को प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै रास्ट्रीय युवा परिषद सदस्य समेत भएका शिवाकोटी अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य समेत भएका थिए।
बाग्मती प्रदेस युवा परिषद सदस्य भएर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका शिवाकोटि जिल्ला कमिटी सदस्यका बलियो उम्मेदवारीको रुपमा देखिएका छन।
विभिन्न सामाजिक कार्यहरु गर्दै आएका शिवाकोटी दोलखाका सफल ब्यवसायीका रुपमा चिनिन्छन ।

अधिबेशनमा छनोट भएर आएका प्रतिनिधिहरुलाइ आफ्नो अमुल्य मत दिएर अत्याधिक मतका साथ जिल्ला कमिटी सदस्य पदमा बिजयी गराउन समेत शिवाकोटीले आग्रह गरे ।

 

Back to top button