केन्द्रीय सदस्य कुन्दन काफ्लेलाइ नाम्दुमा बाजागाजा सहित भब्य स्वागत

दोलखा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेलाई बैत्यश्वर -६ नाम्दुमा बाजागाजा सहित भब्य स्वागत गरिएको छ।,

नेपाली काङ्ग्रेस बैत्यश्वर -६ नाम्दु वडा कार्यसमितिको आयोजनामा गरिएको केन्द्रिय सदस्यको बधाई तथा स्वागत कार्यक्रममा काफ्लेलाई भब्य स्वागत गरिएको हो ।

कार्यक्रमा बोल्दै केन्द्रीय सदस्य काफ्लेले कम्युनिस्ट पार्टी कै कारण दोलखा बिकासमा पछि परेको बताउदै दोलखाको बिकासका लागि आगामी निर्वाचनमा जिल्लामा नेपाली काङ्ग्रेसलाई बिजयी गराउनुपर्ने बताए।

देश बनाउने झुटो आश्वासन दिएर कम्युनिस्टले दुइतिहाइ ल्याएको र दुइतिहाइको सरकारले केही गर्न नसकेर देशलाई अस्थिरता तर्फ धकेलेको काफ्लेले बताए ।

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएपछी हरेक नागरिकको घरदैलोमा कोरोना बिरुद्धको खोप पुगेको बताउदै काफ्लेले समृद्ध दोलखा निर्माणका लागि नेपाली काङ्ग्रेस बिजयी हुनुपर्ने बताए।

बर्षौ देखि अलपत्र परेको मुडे चरिकोट सडक निर्माण गर्न नसक्ने कमन्युष्ट पार्टिले दोलखाको बिकास गर्छु भन्नू हास्यास्पद भएको बताउदै काफ्लेले झुटो आश्वासन दिएर दोलखाली जनताको आखामा छारो हाल्ने काम बन्द गर्न कमन्युष्ट नेताहरुलाइ चेतावनी दिए।

एमाले अध्यक्ष केपि वलिले पटकपटक संसद विघटन गरेर देशलाई बर्बादिको दिशा तर्फ धकेल्न खोजेको बताउदै काफ्लेले अहिले संसद अबरुद्ध गरेर एमालेले लामो समय संसद अवरुद्ध गर्नेमा नयाँ कीर्तिमान बनाएको बताए । कमन्युष्ट सरकारले देशमा कति भ्रष्टाचार गरको छ भन्ने नारायणहिटि र पशुपति धर्मशालामा गरिको घोटालाले प्रष्ट पारेको बताउदै कमन्युस्टहरुले जितेको स्थानीय तहमा पनि चरम बेतिथी र भ्रष्टाचार रहेको उनको भनाइ छ ।

कमन्युष्ट हरुले बारम्बार संविधान च्यात्ने काम गरेको बताउदै काफ्लेले कमन्युष्टले गरेको बेथिति विरुद्ध खुलेर बिरोध गर्नु पर्ने बताए ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा खुल्ला ३५ भित्रका केन्द्रिय सदस्यमा टप -२० भित्र सम्मानित मतका साथ बिजयी भएका काफ्ले प्रभावशाली र क्षमतावान युवा नेता हुन ।

वडा सभापति नवराज उप्रेतीको सभापतित्व भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता तारा कुमार खड्का, जयराम श्रेष्ठ,श्याम उप्रेती , गोपि शिवाकोटी ,राजु उप्रेती ,सन्तोष रिमल, शमशेर घिसिङ, राजु लामा, लगायत विभिन्न जिल्ला स्स्तर र वडा स्तरका नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।  जिरिमा गरिएको स्वागत कार्यक्रमका तस्वीरहरु

 

 

Back to top button