अधुरा काम पूरा गरेर बैत्यश्वरलाइ नमुना गाउँपालिका बनाउछु : अध्यक्ष छवि लामा

दोलखा। जिल्लाको बैत्यश्वर गाउँपालिका अध्यक्ष छवि लामाले गाउँपालिकाका अधुरा कामहरु पूरा गरेर बैत्यश्वरलाई नमुना गाउँपालिका बनाउने बताएका छन ।
शनिबार सपथ ग्रहण गरेर गाउँपालिकाको कार्यभार सम्हाल्दै लामाले सो कुरा बताएका हुन ।
आगामी बर्षमा नाम्दुबाट गाउँपालिका केन्द्र सम्मको सडक कालोपत्रे गर्ने बताउदै अध्यक्ष लामाले बैत्यश्वर गाउँपालिका भरिका सडक १२ महिनै सहजरुपम सवारीसाधन चल्ने गरि सडक निर्माण गरिने बताए ।
गाउँपालिकाका अधुरा बिकासका काम पूरा गर्ने प्रतिबद्धता जनाउदै दोस्रो कार्यकालका लागि बिजयी भएका लामाले एक घर एक धारा निर्माण गर्ने योजना रहेको बताए ।
२ नगरपालिका ७ गाउँपालिका रहेको दोलखामा २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसको २ वटा गाउँपालिकामा प्रमुख निर्वाचित हुदा लामा बैत्यश्वर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Back to top button