काङ्ग्रेस केन्द्रिय सदस्य कुन्दन काफ्लेद्वारा बालेन्द्र शाहको कामको प्रशंसा

दोलखा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबम लोकप्रिय युवा नेता कुन्दनराज काफ्लेले काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरिरहेको कार्यको प्रशंसा गरेका छन । युवाहरू केही गर्छन भन्ने उदाहरण बन्दै अबैधानिक संरचना भत्काउन साहस देखाएकोमा काफ्लेलेले सामाजिक संजाल मार्फत खुलेर प्रशंसा  गरेका छन ।                                उहाँको फेसबुक स्ट्याटस जस्ताको तस्तै            नेपालमा बिधिपद्धतीलाई धज्जी उडाउने र विभिन्न शक्तिको आडमा अकर्मण्यतालाई बढावा दिइने प्रचलनले जरा गाढेको अबस्थामा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरिरहेको कार्यको प्रशंसा गर्दछु ।
राष्ट्रिय भवन संहिताको मापदण्डअनुसार जसरी नक्सापास भएको छ त्यसैगरि घरसंरचना निर्माण गरिनुपर्छ । नक्सामा एउटा प्रयोजन खुलाई पास गरेर अर्को प्रयोजनमा प्रयोग गर्नु हुँदैन । काठमाडौंका कतिपय संरचनाहरुमा अवैधानिक रुपले प्रयोजन परिवर्तन गरेको देखिन्छ । यस्ता अवैधानिक प्रयोजनका संरचना हटाउन मेयर बालेनले गरेको साहसका लागि म धन्यवाद व्यक्त गर्दछु ।
अस्तव्यस्तताले काठमाडौंको शहरी कुरुपता थप्ने क्रम जारी रहँदा महानगरका पार्किङका लागि भनी अनुमती लिएका संरचनामा अन्य वन्दव्यापार चलाउनु अनाधिकृत कार्य हो । मापदण्ड परिपालना गर्नु हामी सबैको कर्तव्य तथा दायित्व हो । व्यबस्थित शहर निर्माणार्थ मेयर बालेनले गरिरहेको कार्य प्रभावकारी बनोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
‘केही गरौ’ र ‘मैले नै हो गर्नुपर्ने’ भन्ने हुटहुटि भएको युवा नेतृत्वमा पुग्दा आफ्नो हिम्मतपूर्वक कुशल कार्यसम्पादन गर्न सक्छ अनि उसले आफ्नो कार्यकारी क्षमतालाई इमानदारपुर्वक देखाउँछ भन्ने एउटा उदाहरण बन्ने संकेत बालेनमा देखिएको छ ।
यसैगरि, युवाहरुले नेतृत्वमा आफ्नो क्षमता र आँट देखाउनुपर्दछ । समुन्नत दोलखा साथै समुन्नत देश हाम्रै पालामा सम्भव छ भन्ने सङ्कल्प बोकेर हिँडेको व्यक्ती हुनुको नाताले समेत आम जनसमुदायलाई परिवर्तनका पक्षमा उभिइ एक भएर महानगर बनाउने, गाउँ बनाउने र देश बनाउने कुरामा लाग्न प्रेरित गर्दछु ।

जय नेपाल !

         

Back to top button