विभिन्न व्यक्तिहरुलाइ सम्मान गर्दै मिलिजुली कालिन्चोक साकोसको २९ औं वार्षिक साधारण सभा सम्पन्न

ईश्वर न्यौपाने
दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार सदरमुकाम चरिकोटमा विभिन्न कार्यक्रम सहित विभिन्न ब्यक्तिहरुलाइ सम्मान गर्दै साधारण सभाको समापन गरिएको हो । संस्थाका अध्यक्ष श्री नारायण बहादुर श्रेष्ठ को अध्यक्षता तथा भीमेश्वर नगरपालीका प्रमुख श्री ईश्वर नारायण मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । संस्थाले भाद्र ३० गते बिहीबार पहिलो एकाई र  आश्विन ३ गते सोमबार दोस्रो एकाईको साधारण सभा सञ्चालन गरेको थियो । उक्त एकाईहरु बाट निर्णय प्रमाणित गर्नको लागि आउनु भएका शेयर सदस्यहरु सम्मिलित सभा एवं २९ औं बार्षिक साधारण सभा आज समापन गरिएको हो। साधारण सभा समापन कार्यक्रममा आव ०७८/०७९ मा उत्कृष्ट कारोवार गर्ने नियमित बचतकर्ता शेयर सदस्य, जेष्ठ शेयर सदस्य, अशक्त शेयर सदस्य, पत्रकार, पुर्व सञ्चालक, पुर्व लेखा सुपरिवेक्षण समिति, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट ऋण कारोवार गर्ने सदस्य, उद्यमी शेयर सदस्य, सेवाकेन्द्र स्तरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु, बर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी, पुर्व कर्मचारी गरी २८ बिधामा सम्मान, प्रशंसा तथा पुरस्कार बितरण गरिएको संस्थाले जनाएको छ । आव०७८/०७९ को अन्त्यमा संस्थाको कुल वासलात १ अर्ब २४ करोड ७५ लाख ६९ हजार ९१५ पुगेको छ भने २४ हजार ९४७ जना शेयर सदस्य र ९ हजाए २६२ जना बालबचतकर्ता गरी कुल जम्मा ३३ हजार २०९ जना बचतकर्ताहरु रहेका छन ।
मिलिजुली कालिञ्चोक साकोस लि. २०६९ सालमा राष्ट्रिय सहकारी बैंक लि. बाट मध्यमाञ्चल उत्कृष्ट संस्था, २०७१ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट संस्था, आव ०७१/०७२, २०७३/०७४ र ०७४/०७५ मा आन्तरीक राजश्व कार्यालयबाट उत्कृष्ट करदाता, २०७६ सालमा नेफ्स्कूनबाट एकीकरणमा नेपाल उत्कृष्ट, २०७७ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट ब्यवस्थापक, २०७८ मा नेफ्स्कून बाट उत्कृष्ट संस्थापक अध्यक्ष जस्ता सम्मान तथा प्रशंसा पाउन सफल मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले यस आव मा आफ्ना शेयर सदस्यहरुलाई प्रविधियुक्त मुस्कान सहितको सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।

Back to top button