शासक होइन् जनताको सेवक बन्ने छु: कुन्दनराज काफ्ले

दोलखा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम दोलखा प्रदेश सभा (क) का उम्मेदवार कुन्दनराज काफ्लेले आफू शासक होइन् जनताको सेवक बन्ने बताएका छन । राजधानी काठमाडौमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले आफू निर्वाचनमा उम्मेदवार भएर आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताएका छन्।
म उधारो सपना सुनाउन हैन केही गर्नुपर्छ भनेर उम्मेदवार बनेर आएको बताउदै काफ्लेले भने म झुटो आश्वासन दिन आएको होइन ,तपाईंहरुको समस्या सुन्न आएको हो।
तपाईंहरु मत दिने मतदाता सबै भगवान रहेको बताउदै उनले कस्तो व्यक्तिलाई यो ठाउँको सेवक बनाउने जिम्मा तपाईंहरुको हातमा रहेको बताए ।

हिजो निर्वाचित भएर गएका नेताहरुले दोलखाको मुहार फेर्नु भन्दा आफ्नो र कार्यकर्ताको मात्र मुहार फेरेको काफ्लेले आरोप लगाए ।

उनले भने निर्वाचित भएर जाने हिजोको नेताहरुले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सहि उम्मेदवार छान्ने बेला आएको छ ।अब हुने निर्वाचनमा पहिले जस्तो गल्ती नगर्न स्थानीयहरुलाइ आग्रह गर्दै काफ्लेले हिजो जसलाई जिताउनुभयो,उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताउन नहुने उनको भनाइ रहेको छ ।

Back to top button