दोलखामा पुनःमतदानको तयारी पुरा,बिहीबार मतदान हुँदै

मङ्सिर १३ गते
दोलखामा बिहिबार १० वटा मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । मङ्सिर ४ गते सम्पन्न भएको निवार्चनमा धाँधली भएको भन्दै बिबाद भएपछि
निर्वाचन आयोगले पुनःमतदान गराउने निर्णय गरेको थियो । पुन:मतदानको लागी आवश्यक तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । कर्मचारी, मतपत्र,मतपेटिका, मतदान
सामाग्रीहरु मतदान केन्द्रमा पुगीसकेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताउनुभयो । मतदान शान्त वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारीएको उहाँको भनाइ रहेको छ । मतदाता र मतदान स्थल र  केन्द्रमा सुरक्षाका लागी नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना बाक्लो रुपमा परिचालन गरीएको छ। मतदानको लागी प्रत्येक मतदान केन्द्रमा ८
जना रहने गरी ८० जना कर्मचारी खटाइएको छ ।
मतदाता परिचय पत्र नभएका मतदाताका लागी नागरिकता,राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र,लालपुर्जा वा नेपाल सरकार बाट जारी भएका परिचयपत्रका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।बिहिबार जिल्लाको वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय
पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका –३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान हुँदैछ ।
त्यसैगरी सोही गाउँपालिका –६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ र तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान
केन्द्र ‘क’ र ‘ख’ मा पुनःमतदान हुँदैछ ।

Back to top button