कांग्रेस–एमाले वीचमा सरकार बनाउने सहमति हुँदा संविधान संशोधनको एजेण्डा राखिएको थियो ।- online khabar
संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न कांग्रेसले सिटौलालाई संयोजक तोक्ने तयारी
काठमाडौ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न लागिएको हो । कांग्रेसक एक शीर्ष तहका नेताका अनुसार संविधान निर्माणका क्रममा सक्रिय पूर्व महामन्त्री सिटौलालाई कार्यदलको संयोजक बनाउने गरी पार्टीभित्र छलफल चलेको छ ।
कार्यदलमा २/३ दिनमा घोषणा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । पौडेलले भने, ‘कार्यदल २/३ दिनमा घोषणा हुन्छ । एक जना संयोजक बन्नुहुन्छ । कार्यदलमा रहने समिति सदस्य आवश्यकता र औचित्यताको आधारमा ५/७ जना बन्नुहुन्छ ।’
नेता सिटौलाले पार्टीले निर्णय गरे जिम्मेवारीमा बस्ने अनलाइनखबरसँगको कुराकानीनमा बताएका थिए । सिटौलाले संवादका क्रममा भनेका थिए,‘छलफल भएपछि मात्रै मेरो इच्छाले हुने/नहुने कुरा हो । जिम्मेवारी पाएमा नबस्ने भन्ने कुरा पनि भएन ।संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने निर्णय पार्टीले गरेको थियो ।
कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ । साथै, कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा समेत छलफल चलाउने जिम्मेवारी प्राप्त गर्नेछ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस